+
+

हरिबोललाई प्रचण्डले गरे राजनीतिक सल्लाहकारको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १७:२५

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल सफल बनाउनका लागि पार्टीका उपमहासचिव हरिबोल गजुरेलसँग सहयोग मागेका छन् ।

गजुरेललाई बोलाएर प्रचण्डले प्रधानमन्त्रीलाई सहयोग पुग्नेगरि केही नियुक्ति दिने प्रस्ताव गरेका थिए । तर, गजुरेलले आफूलाई पार्टीमै भूमिका दिन आग्रह गरेका थिए ।

‘अध्यक्षले मलाई सहयोग गर्नुपर्‍यो, मलाई सहयोग गर्ने गरि तपाईंलाई नियुक्ति दिन्छु भन्ने प्रस्ताव गर्नुभयो,’ गजुरेलले अनलाइनखबरसित भने, ‘तर, मैले अहिले पार्टी कमजोर छ । मलाई पार्टी भूमिकामा केन्द्रित हुनेगरि जिम्मेवारी दिनुहोस् भनेँ ।’

गजुरेलले अहिले पार्टी कमजोर भएको भन्दै आफूले पार्टी निर्माणमै केन्द्रित हुन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?