+
+

सिड्नीको समुन्द्री तटमा हट दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १३:०२

काठमाडौं । ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।

सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ ।

निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलिया पुगेकी दीपिकाले घुमेका तस्वीर सेयर गरिरहेका छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक सञ्जालमा फ्यानले प्रतिक्रिया दिइरहेका छन् ।

कामको कुरा गर्दा दीपिकाले ‘ऐश्वर्या’पछि ‘छक्कापञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरेकी छन् । दीपिका र दिवाकर होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?