+
+

रेखा भन्छिन्- बच्चाबच्ची र फिल्म सँगसँगै आउन सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते ११:५२
अभिनेत्री रेखा थापा । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा छिन् । आगामी फागुन र वैशाखमा उनका दुई फिल्म छायांकनको तयारीमा छन् ।

‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बताइन् । आगामी असोजमा फिल्म रिलिज हुने उनको भनाइ छ ।

सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उनले बताइन् । ‘हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्,’ रेखाले भनिन् ।

चुनावमा पार्टी उम्मेदवार बनेकाले उनी राजनीतिको चटारोमा व्यस्त थिइन् । अहिले भने केही फुर्सदिलो भएकाले रेखाको ध्यान फिल्म निर्माणतर्फ सोझिएको छ । रेखा पछिल्लोपटक आर्यन सिग्देलसँग ‘रुद्रप्रिया’मा देखिएकी थिइन् ।

कपिल रिजालले निर्देशन गरेको फिल्म ह्यारीकी प्यारीमा रेखाले केमियो भूमिका निर्वाह गरेकी छन् । बिहीबार सार्वजनिक भएको फिल्मको गीत ‘धरहरा’मा उनले कम्मर मर्काएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?