+
+

सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १३:०८

१५ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन् । रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।

रावलले अब प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।

शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?