+
+

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २२ गते १४:४८

२२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएकाे छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेकाे हाे ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री साेडारीले सल्लाह बिना विश्वासकाे मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाकाे बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियाे ।

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक  अनिश्चितकाललाई सारिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?