+
+

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते ९:१५

२२ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिने तयारी छ । त्यसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक आज बिहान ११ बजे बस्दै छ ।

शुक्रबारको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने मन्त्री पौडेलले बताएका छन् ।

न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने एक नेताले बताए ।

कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिंदैछन् ।

यसअघि पहिलो चरणमा सत्ता साझेदार दलका नेताहरुले आ–आफ्नो तर्फबाट न्यूतम साझा कार्यक्रममा समेटिनुपर्ने विषय प्रस्तुत गरेका थिए । तिनै विषयवस्तुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?