+
+

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:५८

१ चैत, काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन नयाँ गठबन्धनको संयुक्त कार्यदलको बैठक बिहीबार बस्ने भएको छ ।

कार्यदलको बैठक बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्न लागेको जनता समाजवादी पार्टी (जसपा) का कार्यकायरी सदस्य मनिष सुमनले जानकारी दिए ।

नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?