+
+

लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिगको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:०६

२४ पुस, काठमाडौैं । जनकपुर रोयल्सलाई ६ रनले पराजित गरी लुम्बिनी अल स्टार्स टिम नेपाल टी २० लिगको फाइनल पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो । जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र जोड्न सक्यो ।

जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो । अन्तिम ओभरमा लुम्बिनीका किशोर महतोको पहिलो बलमा सोमपाल कामीले १ रन लिए । विष्फोटक ब्याटिङ गरिरहेका पवन सर्राफले त्यसपछिका तीन बलमा रन लिग सकेनन् । पाँचौं बलमा २ रन लिएका उनले अन्तिम बलमा पनि रन बनाउन सकेनन् ।

पवन १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन् । जनकपुरका लागि सामीउल्लाह सेनवारीले सर्वाधिक ४५ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । ओपनर सराफउद्धिन अश्रफले १९ बलमा २४ रन बनाए । कप्तान ट्रेभोन ग्रिफिफ्तले १० रन जोडे ।

बलिङमा लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २-२ विकेट लिए ।

यसअघि लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए । ओपनर हर्मीत सिंह पहिलो बलमै आउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे । कप्तान दिपेन्द्रसिंह ऐरी १०, अनिल शाह २४ र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे ।

बलिङमा जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २-२ विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफिफ्त र पवन शर्राफले १-१ विकेट लिए ।
जनकपुरले सोमबार हुने विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा मंगलबार खेल्नेछ ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?