+
+

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ११:२१

२८ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश दिने भएको छ ।

२७ पुस बुधबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल काय चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजारको १५ प्रतिशतले हुने आउने १६ करोड ८३ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर र ६.०५ प्रतिशतले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?