+
+

हेल्प नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १९:०६

२८ पुस, काठमाडौं । सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल समूह विजेता बनेको छ ।

हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह डीको विजेता बनेको हो । बिहीबार भएको खेलमा हेल्प नेपालले मधेश प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गर्‍यो ।

सोही समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाईनल प्रवेश गरेको छ । तीन खेलमा २ जित र एक हार ब्यहोरेको केशवलाल स्मृतिको ६ अंक रहेको छ । बिहीबार भएको खेलमा केशवलाल स्मृतिले बुढानिलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८ र २५–१६ ले पराजित गर्‍यो ।

समूह सीबाट गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वार्टरफाइनल यात्र तय गरेको हो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९ र २५–१० ले पराजित गर्न सफल भएको हो । यस समूहमा तीनै खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब टिम बिजेता बनिसकेको छ ।

यस्तै महिलातर्फको समूह ए को खेलमा समूह विजेता र उपविजेताको छिनोफानोका लागि भएको प्रतिस्पर्धामा पुलिसले विजेताको उपाधि हात पार्‍यो । बिहीबार सम्पन्न खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो । पुलिसले न्यू डायमण्डलाई २५–२२, २२–२५, २५–१४, २३–२५ र १५–१० को संघर्षपूर्ण जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको महिलातर्फको समूह बी को खेलमा एपीएफ विजयी भएको छ । एपीएफको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा गण्डकी प्रदेशलाई जितेको एपीएफले बिहीबार कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–४, २५–६ र २५–३ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो । अब समूह विजेता र उपविजेताको टुङ्गो भोलि आयोजना हुने सेना र एपीएफको प्रतिस्पर्धाबाट लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?