+
+

न्युडाइमण्डलाई पराजित गर्दै एभरेष्ट फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १३:४६

८ चैत, काठमाडौं ।आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप महिलातर्फको दोस्रो सेमिफाइनलमा चन्द्रागिरी न्युडाइमण्डलाई ३–० को सोझो सेटले हराउँदै एभरेष्ट क्लब फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा एभ्रेष्टले न्युडाइमण्डलाई २५–२०, २५–१२ र २५–१८ ले हराएको हो ।

एभरेष्ट यो जितसँगै फाइनलमा पुलिससँगको भेट पक्का गरेको छ । फाइनल खेल शनिबार पुलिस र एभरेष्ट क्लबबिच हुनेछ ।

पुलिसले आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । शुक्रबार न्युडाइमण्ड र एपिएफ क्लबबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

यस्तै पुरुष तर्फ आज दुई क्वाटरफाइनलका खेलहरु हुनेछन् । जसमा तेस्रो क्वाटरफाइनलमा पुलिस र कोशी प्रदेश भिड्नेछन् भने चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र सुदुरपश्चिम क्लब भिड्नेछन् ।

पुरुषतर्फ गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल बुधबार भएको पहिलो र दोस्रो क्वाटरफाइनल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

दुवै तर्फका विजेता टोलीले ५ लाख, उपविजेताले २ र तेस्रो हुने टिमले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?