+
+

ग्लोबल आईएमई लघुवित्तले २० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ११:०५

५ माघ, काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ४ माघ बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको १२ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरि ८ प्रतिशत नगद प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?