+
+

आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र उठ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १३:२७

५ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र संकलन भएको छ । यस वर्ष सुरुवातबाटै सरकारले आयातमा कडाइ गरेको थियो । जसले गर्दा आयात खुम्चिँदा त्यसबाट हुने आम्दानी प्रभावित बनेको थियो । सँगै आन्तरिक राजस्व समेत कम उठ्दा सरकार दबाबमा छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको पुस मसान्तसम्म सरकारले २ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने २ खर्ब २१ अर्ब ७५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल लक्ष्यको ७८.८२ प्रतिशत हो । आन्तरिक राजस्व भित्र शिक्षा सेवा कर र स्वास्थ्य सेवा करले मात्र लक्ष्य भेटाएको छ । आयकर, घर बहाल कर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कले भने लक्ष्य भेटाउन सकेनन् । जसका कारण समग्र आय नै प्रभावित बन्न पुगेको छ ।

पुस मसान्तसम्म कति उठ्यो आन्तरिक राजस्व ?

कर लक्ष्य संकलन प्रतिशत
आयकर १ खर्ब ३५ अर्ब ९७ अर्ब ५१ करोड ७१.८७
घर बहाल कर १ अर्ब ६९ करोड १ अर्ब २७ करोड ७५
ब्याज कर १९ अर्ब ८३ करोड १६ अर्ब ८० करोड ८४.७२
मूल्य अभिवृद्धि कर ६२ अर्ब ७८ करोड ५१ अर्ब १३ करोड ८१.४३
अन्तःशुल्क ५७ अर्ब १७ करोड ५० अर्ब ५५ करोड ८८.४२
स्वास्थ्य सेवा कर ३ अर्ब ४४ करोड ३ अर्ब ७३ करोड १०८.५७
शिक्षा सेवा कर ७३ करोड ४८ लाख ७३ करोड ७६ लाख १००.२६
कुल २ खर्ब ८१ अर्ब ३५ करोड २ खर्ब २१ अर्ब ७५ करोड ७८.८२

आन्तरिक राजस्व विभागका अनुसार पुस महिनामा मात्र ७१ अर्ब १३ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको छ । यो पुस महिनामा लिइएको लक्ष्यको तुलनामा मात्र ६६.४९ प्रतिशत मात्र प्राप्ति हो । यस महिनामा आयकरबाट मात्र ७८ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा प्राप्ति ५१ अर्ब रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ६५.४१ प्रतिशत मात्र हो । पुसमा ब्याज करले भने लक्ष्य भेटाएको छ ।

यस महिनामा १ अर्ब ७४ करोडको ब्याज कर उठाउने लक्ष्य लिइएकोमा १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ । पुसमा मूल्य अभिवृद्धि कर ७६.९० प्रतिशत मात्र उठेको छ । अन्तःशुल्क अझै कम उठेको छ । अन्तःशुल्क ५९.८० प्रतिशत मात्र उठेको छ । पुसमा सरकारले १३ अर्ब अन्तःशूल्क उठाउने भनेकोमा प्राप्ति ८ अर्ब ९ करोड रुपैयाँ मात्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?