+
+

‘स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका बढाउन जरुरी’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १८:१८

काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका चुस्त-दुरुस्त हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल स्वास्थ्य व्यवस्थापक संघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्ने वक्ताहरुले दूरदराजका नागरिकमा स्वास्थ्यसेवा पुर्‍याउन व्यवस्थापकीय भूमिका बलियो बनाउनुपर्ने बताए ।

संघका महासचिव डा. होम अधिकारीले पछिल्लो एक दशकमा अस्पतालहरुको संख्या बढे पनि सर्वसाधारणले अनुभूति गर्ने गरी गुणस्तरीय सेवा र सुविधा भने पुग्न नसकेको औंल्याए । यसका लागि स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका बढाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रको व्यवस्थापन विषयमा डा. भगवान कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाका प्रमुख मदन उपाध्याय लगायतले अन्तरक्रिया समेत गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा प्राविधिक क्षमता बढ्दै गए पनि व्यवस्थापकीय क्षेत्रलाई भने खासै ध्यानमा नराखिंदा ग्रामीण क्षेत्रका नागरिक आधारभूत स्वास्थ्य सुविधाबाट समेत वञ्चित हुने गरेको संघका अध्यक्ष महेन्द्रराज भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?