+
+

उपाधि दावेदार इगा र कोको अस्ट्रेलियन ओपनबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १२:०३

८ माघ, काठमाडौं । शीर्ष वरीयताकी इगा स्वीआटेक वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी छन् । इगाल् विम्बल्डन च्याम्पियन एलेना रिबाकिनासँग पराजय ब्यहोरेकी हुन् ।

२२औं वरीयताकी रिबाकिना गत वर्षको जुलाईमा अल इंग्ल्याण्ड क्लबमा हासिल गरेको सफलता दोहो¥याउन संघर्षरत छिन् ।

तर, स्वीआटेकसँग काजाकिस्तानकी यी सुन्दरीले ठूलो मन्चमा कसरी संहालिएर प्रदर्शन गर्ने भनेर पुनः प्रमाणित गरेकी छन् । मेलवर्न पार्कमा ६–४ र ६–४ को जितका लागि उनी आत्मविश्वासी र शक्तिशाली देखिएकी थिइन् ।

स्वीआटेकको हारको केहि समयपछि नै अर्की उपाधि दावेदार कोको गाउफले पनि पराजय ब्यहोरेकी छन् । उनले जेलेना ओस्टापेन्कोसँग ७–५ र ६–३ को सेटमा हारेकी हुन् ।

सातौं वरीयताकी १८ वर्षीया अमेरिकी गाउफलाई उपाधिको मुख्य दावेदारका रुपमा हेरिए पनि १७औं वरीयताकी लात्भियाकी ओस्टापेन्कोसामू निरिह रहिन् ।

क्वाटरफाइनलमा गाउफ र स्वीआटेकबीच भेट हुने धेरैको अनुमान विपरीत २३ वर्षीया रिबाकिना र फ्रेन्च ओपनकी पूर्व च्याम्पियन ओस्टापेन्कोबीच प्रतिस्पर्धा हुने भएको छ ।

म जहिले पनि कोर्टमा हुँदा डराइरहेको हुन्छु तर, शान्त देखिने प्रयास गर्छु । यो एक ठूलो जित हो र अर्को चरणमा पुगेर खुसी लागेको छ,’ रिबाकिनाले भनिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?