+
+

उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:५६

९ माघ, काठमाडौं ।  उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख  देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर  उसभामुखमा  निर्वाचित भएकी थिइन् ।  उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?