+
+
Shares

दुर्गम र पहाडी भेगलाई लक्षित पूर्वाधारमन्त्रीका योजनाले प्रभावित छु : सांसद राना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेको नयाँ विकास योजना र बजेट विनियोजनको शैलीको प्रशंसा गरेकी छिन्।
  • उनले कोशी र कर्णाली प्रदेशमा बाढीले भत्किएका पुल तथा अवरुद्ध सडक सञ्जाल तत्काल पुनर्स्थापित गर्न सरकारको ध्यानाकर्षण गराइन्।
  • दुर्गम र पहाडी क्षेत्र लक्षित बृहत् योजनाले देशको कनेक्टिभिटी र जीडीपी वृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन्।

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छिन् ।

पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रानाले देशको समग्र कनेक्टिभिटी र रणनीतिक सडक सञ्जालका लागि तयार पारिएको योजना ‘अचम्मको’ रहेको बताइन् ।

अविरल वर्षाका कारण पूर्वी नेपालका बिरिङ, ट्याङटिङ र माई खोला लगायतका क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भएको र सडक सञ्जाल अवरुद्ध भएको भन्दै सांसद राना आज बिहानै ८ बजे मन्त्री लम्साललाई भेट्न मन्त्रालय पुगेकी थिइन् ।

विशेषगरी कोशी र कर्णाली प्रदेशमा पुल भत्किएर सवारी साधन तथा बिरामीहरू मारमा परेको उल्लेख गर्दै उनले ती क्षेत्रमा तत्काल पहुँच पुनर्स्थापित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

‘मन्त्रीज्यूले आफ्नै क्षेत्रलाई समेत प्राथमिकतामा नराखी दुर्गम र पहाडी भेगलाई लक्षित गरी योजना बनाउनुभएको रहेछ । मेरो निर्वाचन क्षेत्रमा बजेट नपरे पनि उहाँको यो बृहत योजना देखेर म प्रभावित भएकी छु । कनेक्टिभिटी नै देश विकासको मेरुदण्ड हो । यसले हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र राजश्व वृद्धिमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ,’ उनले भनिन् ।

मन्त्रालयले राष्ट्रिय राजमार्ग, पालिका र जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई दुई लेनको बनाउने, पर्यटन र कृषि राजमार्ग निर्माण गर्ने तथा वडा तहसम्म सडक पुर्‍याउने लक्ष्य राखेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?