+
+

गोरखा हाजिर हुन हिँडेका सीडीओ किन रोकिए काठमाडौंमै ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १९:०७

१३ माघ, काठमाडौं । गृह मन्त्रालयले ६ माघमा ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्‍यो । सरुवा सूची अनुसार जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो ।

गृह प्रशासनका पुराना कर्मचारी कबारी गोरखा जानलाई काठमाडौं आइसकेका थिए । तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो । त्यसपछि उनले थाहा पाए, उनको गोरखा सरुवा रद्द भइसकेको रहेछ ।

‘गोरखा जान तयार भएको थिएँ, मन्त्रालय हाजिर भएको छु’, कवारीले अनलाइनखबरसँग भने, ‘मलाई पनि अचम्म लागेको छ, के भएको थाहा छैन ।’

उनी मुस्लिम समुदायबाट एक्ला प्रमुख जिल्ला अधिकारी पनि हुन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाहिँ ठ्याक्कै यही विषयका कारण सरुवा रोकिएको भन्ने थाहा नभएको बताए । उनले भने, ‘कहिले काहीँ व्यवस्थापन गर्दै जाँदा त्यस्तै हुन्छ ।’

गोरखा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको जिल्ला पनि हो । त्यसैले पनि गोरखामा उनको स्वभाविक रुची हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘कवारी प्रतिकुल परेकैले अन्तिममा रद्द भएको हो’, एक अधिकारीले भने, ‘गृहमन्त्रीज्यूले धेरै सह–सचिवहरु चिन्नु हुँदैन, कर्मचारी प्रशासनबाट सरुवा भयो । तर, पछि बालुवाटारले थाहा पाएपछि समस्या देखियो ।’

गोरखामा यसअघिका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवैको सरुवा भइसकेको छ । त्यसैले अहिले जिल्ला कारागार प्रमुख गणेश भट्टराईले निमित्त सीडीओको जिम्मेवारी सम्हालिरहेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसदमा आफ्ना जिल्लामा ‘आफ्ना मान्छे पठाउन सिफारिस नगर्न’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?