+
+

रविचन्द्र पराजुलीको नेतृत्वमा इजोनको नयाँ कार्यसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १६:११

१५ माघ, काठमाडौं । रविचन्द्र पराजुलीको शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) को नयाँ कार्यसमिति गठन भएको छ ।

आइतबार भएको इजोनको आठौं अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

अधिवेसनले उपाध्यक्षमा सूर्य पान्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मन्जिमा ढकाल निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अर्जुन पोख्रेल, दिनेश गौतम, सुनिता लोहनी लगायत सात जना निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले शिक्षामा हुने विकृति, विसंगतिलाई आलोचनात्मक खबरदारी गर्ने बताए । उनले भने, ‘हामीले समाचारको माध्यामबाट सम्बन्धित निकाय, सरोकारवालालाई आलोचनात्मक खबरदारी गर्दै आएका छौं । आगामी दिनमा पनि त्यहि गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?