+
+

दिगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:२५

१६ माघ, काठमाडौं । स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ ।

एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यस वर्ष नेपालमा हुन लागेको हो ।

सम्मेलन १९-२० माघमा काठमाडौंमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए । ‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो ।

मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगान्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेसियालगायत १३ देश आबद्ध छन् । एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ । सम्मेलनको अघिल्लो दिन माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने भएका छन् । ‍सम्मेलनमा प्राविधिक सत्र एवम् अन्तक्रियाहरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?