+
+

रुपन्देहीमा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते २०:१८

१७ माघ, बुटवल । रुपन्देहीमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा हुंदै आएको ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता कोरोना महामारीका कारण २०७६ यता रोकिएको थियो ।

माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको आठौं संस्करणमा चार प्रदेशका ११ जिल्लाका भलिबल संघको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

प्रतियोगितामा स्याङ्जा, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, बागलुङ, तनहुँ, नवलपुर, पर्वत, चितवन र बझाङ जिल्ला भलिबल संघले भाग लिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार, दोस्रोले एक लाख तेस्रोले ५५ हजार र सान्त्वना हुनेले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए ।

करिब २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने र बाँकी रकम खेलप्रेमी तथा व्यावसायिक संघसंस्थाबाट सहयोग जुटाइने क्लबका सल्लाहकार होबिन्द कार्कीले बताए । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित पुरस्कृत गरिने क्लबका सचिव काशीराज गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?