+
+

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्छौं : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १५:२१

१८ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन सम्बन्धी नयाँ विधेयकमा यो व्यवस्था राख्ने जानकारी दिए ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा निर्वाचित हुने प्रणालीतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दलले दिनैपर्ने भन्ने प्रावधान राखेका छौंं’ उनले भने । स्थानीय तहको प्रमुख र उपप्रमुख अथवा, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ ।

दलहरुले अध्यक्ष वा उपाध्यक्षमध्ये एक जनामात्रै उम्मेदवार बनाउँदा के गर्ने भन्ने कानुनमा प्रष्ट छैन । अब बन्ने कानुनमा एउटा पदमा मात्र उम्मेदवार बनाउँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गर्ने पनि थपलियाले बताए ।

वडा अध्यक्षमा पनि दलहरुले एक तिहाइ उम्मेदवार महिला बनाउनुपर्ने व्यवस्था निर्वाचनसम्बन्धी नयाँ कानुनमा गर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?