 
																			१९, माघ, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताएका छन् । बैंकर्स संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले ब्याजदरका कारण व्यवसाय गर्ने वातावरण नभएको बताएका हुन् ।
उनले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिंदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे । ‘मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था छैन ।’
यस्तोमा विना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकीकरण गरी सहयोग गर्नुपर्छ’ उनले भने, ‘उद्योगहरुको प्रबर्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्नुपर्छ ।’
अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना गरी तत्काल संचालन गर्न आग्रह गरे।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीले परिसंघले दिएको कतिपय सुझाव बैंक तथा संघले आफैं पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए ।
उनले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो निष्क्रिय कर्जा रहेको बताए । उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4