News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्र स्थायित्वको पक्षपाती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
- पाण्डेले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
- उनले लगानीकर्ताको संरक्षण गर्ने कानुनले देशमा लगानी बढाउने विश्वास व्यक्त गरे।
१६ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्र स्थायित्वको पक्षपाती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादमा उनले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै पक्षबीच सहकार्यको आवश्यकता रहेको बताए ।
मुलुकमा सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुुपर्ने सहित माग राख्दै जेनजी पुस्ताको आन्दोलनपछि यस दिशामा मुलुक जानेमा निजी क्षेत्र विश्वस्त रहेको उनले बताए ।
जेनजीले उठाएका माग कार्यान्वयन हुने अपेक्षा उनले गरे । मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै उनले स्वदेशी तथा लगानीका लागि राज्यको नीतिमा भर पर्ने बताए ।
‘जबसम्म स्वदेशी लगानी हुँदैन, तबसम्म विदेशी लगानी आउँदैन, लगानीको सबैभन्दा ठूलो आधार कानुन र नीति हो,’ उनले भने ।
लगानीकर्ताको संरक्षण कानुनले गर्ने देशमा लगानी बढाउन कुनै मुस्किल नहुने उनले बताए । आगामी निर्वाचनबाट आउने दलले नेपालीको आकांक्षा अनुसार मुलुकलाई लैजाने अपेक्षा उनले गरेका छन् ।
प्रतिक्रिया 4