२२ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उनले यस्तो बताएका हुन् ।
लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने बताउँदै उनले आजको विश्व बजार कुनैपनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशिल रुपमा लिनुपर्ने जिकिर गरे ।
‘आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पतीमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई दु:खी र चिन्तित बनाएको छ । लगानीकर्तामा लगानी र व्यक्तिगत शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न गाह्रो हुन्छ,’ उनले भने, ‘लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्नसक्छ । आजको विश्व बजार कुनैपनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशील रुपमा लिनुपर्छ ।’
मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्ने माग पनि गरे । जेनजीले उठाएका विषयहरुको कार्यान्वयनले तिब्रता पाउँछ भन्ने अपेक्षा लिएको पनि उनले बताए ।
‘मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्छ । जेनजीले उठाएका विषयहरुको कार्यान्वयनले तिब्रता पाउँछ भन्ने अपेक्षा छ,’ उनले भने, ‘सरकार गठनसँगै सरकार भएका केही निर्णयहरुले त्यो सन्देश दिएको पनि छ । यसका लागि निजी क्षेत्रले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका प्रभावकारी रुपमा खेल्न तयार रहेको छ ।’
प्रतिक्रिया 4