+
+
Shares

राज्यले निजी क्षेत्रलाई दु:ख दिने हैन, सहजीकरण गर्ने हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि नीतिगत सुधार र राज्यको सोच्ने तरिका परिवर्तन गर्न आवश्यक भएको बताएका छन्।
  • प्रचण्डले निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीति र संरचना तयार गर्नुपर्ने औंल्याए।

५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक बताएका छन् ।

सोमबार नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारमा भएको भेटमा प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औंल्याए ।

‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘राज्यले दु:ख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’

सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?