News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ।
- सरकारले सम्मानित १६ करदातालाई निजी क्षेत्रकोतर्फबाट परिसंघले पनि सम्मान गरेको छ।
- परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उच्च करदाताको योगदानलाई राज्यप्रति महत्त्वपूर्ण योगदान भएको बताए।
१ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित करदातालाई परिसंघले पनि सम्मान गरेको हो ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । तिनै करदातालाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल, विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल, पर्यटन व्यवसाय मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल, वस्तु व्यापारको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योग मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनीलाई परिसंघले सम्मान गरेको छ ।
यस्तै कृषि एवम् पशुपंक्षीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म, सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल, एकलौटी फर्ममध्येबाट सबै भन्दाबढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल, बैंक तथा वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् ।
यसैगरी रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने आईएमई लिमिटेड, निकायहरू मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसंचार प्राधिकरण, वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्ने कारदाता मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सीडीएस एन्ड क्लियरिङ, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने भीएफ. सर्भिसेज (मोरिसस) प्रा.लि. सम्मानित भएका छन् ।
वि.स.२०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसंचार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको हो । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।
मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरे । सो अवसरमा उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवम् संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रति महत्त्वपूर्ण योगदान समेत भएको बताए । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उनले बताए ।
उच्च करदाता सम्मान कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेम राज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजश्व समिति सभापति गोपाल कुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
प्रतिक्रिया 4