+
+
Shares

नवनिर्वाचित परिसंघ पदाधिकारीले गरे पूर्वप्रधानमन्त्री देउवासँग छलफल

देउवाले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिँदै आएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघ र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच नवनिर्वाचित पदाधिकारीसँग छलफल भएको छ।
  • भेटमा देउवाले कांग्रेसले निजी क्षेत्रको विकासमा जोड दिँदै आएको र खुला बजार अर्थतन्त्रको पक्षपोषक भएको बताए।
  • परिसंघले आगामी एक दशकमा अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर बराबरको हुने र दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ।

७ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघ र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

परिसंघ नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको पदाधिकारीसँगको छलफलमा पूर्वप्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए ।

उक्त अवसरमा उनले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिँदै आएको बताए ।

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य परिसंघले लिएको बताए ।

यो लक्ष्य हासिल गर्न ८ क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र बृहत अध्ययन सुरु गरेको जानकारी गराए ।

परिसंघले यो उपलब्धि हासिल गर्न कुन क्षेत्रमा कति लगानी आवश्यक रहेको र कानुनी एवं नीतिगत सुधार कस्तो हुनुपर्ने स्पष्ट रूपमा सुझाव तयार पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?