+
+

दलका कार्यकर्ता राष्ट्रपति हुँदा दुःख पाइयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १९:१०

२६ माघ, काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतको राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दैै प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा दु:ख पाएको बताए ।

‘अहिले सहमतीय राष्ट्रपतिको अपेक्षा गरेको हो’, बैठकमा प्रचण्डको भनाइको उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘कुनै राजनीतिक दलको कार्यकर्ता बन्ने राष्ट्रपति हुँदा दुई/तीन चोटी दुःख पाइयो । संविधानको, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाऔं भन्ने मेरो इच्छा हो ।’

कांग्रेस, एमाले, माओवादी वा साना दलबाट पनि सहमतिको राष्ट्रपति बन्न सक्ने भन्दै उनले राष्ट्रपति चयनकै विषयमा सत्ता गठबन्धन नटुट्ने जिकिर गरे ।

‘त्यस्तो राष्ट्रपति एमाले भित्रैबाट पनि हुन सक्छ, कांग्रेसभित्रैबाट पनि हुन सक्छ,’ प्रचण्डले बैठकमा भने, ‘माओवादीभित्रैबाट पनि हुन सक्छ । अन्य साना घटकबाट पनि ल्याउन सकिन्छ । तर, त्यसो गर्दा अलिहेको गठबन्धन नटुट्ने गरी सहमतीय राष्ट्रपति खोज्नुपर्छ ।’

प्रचण्डले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे छलफल गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?