+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.1)
Shares

रोहितको कप्तानीमा नेपाली टिमको घोषणा, सन्दीप पनि समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते २१:५४
Photo Credit : CAN
कप्तान रोहितकुमार पौडेल

२६ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ कात्तिकमा धरौटीमा छुटेका उनको निलम्बन फुकुवा गरेको भन्दै क्रिकेट संघको चर्को आलोचना भएको थियो । त्यसका बाबजुद प्रशिक्षण गराएको क्यानले उनलाई टिममै समावेश गरेको छ ।

यस्तै ब्याटर सन्दिप जोरा र भिम शार्की तथा अलराउण्डर कुशल मल्ल राषट्रसक टिममा पुनरागमन गरेका छन् । युवा स्पीनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टिममा पर्दा आरिफ शेख र अर्जुन साउदले भने स्थान बनाउन सकेनन् ।

आरिफ र अर्जुन सहित प्रतिश जिसी र मौसम ढकाल रिजर्भमा छन् ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?