+
+
Shares

गन्तव्य विदेश भो

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ फागुन १ गते १३:३४

विदेश जानु

बाध्यता भनियो

विवशता ठानियो

प्लस टु भ्याइयो

नरे

हेर्दाहेर्दै

विदेश हानियो

पखेंटा लाग्यो

उड्यो

गयो

देश यो

उनका लागि

विदेश बन्दै गो

बिस्तारै बिरानो भो

दुख्दा यसो

सम्झे भो

रोए भो

नभए

बिस्तारै बिर्संदै गो

अलि पैसो जुटाउन सक्ने

अंग्रेजी अक्षर छुट्टाउन सक्ने

अमेरिका गो, बेलायत, अष्ट्रेलिया गो

त्यो

सचिवको छोरो टेक्सस छ

सहचिवको छोरो सिड्नी

नेताका छोराछोरी उतै

साहुका छोरा-बुहारी नि त्यतै

हेर्दाहेर्दै

गाउँसहर शून्य भए

घर रित्ता भए

अलि पढेका

केही राम्रो गर्छन् कि भन्ने

उतै उतै भए

मेसेन्जर भाइबरमा आए

यसो सञ्चो बिसञ्चो सोधे

फेरि अलप भए

हेर्दाहेर्दै

देख्दादेख्दै

हरि ह्यारी भए

सीमा स्यडी भइन्

सानी सोनी

जिब्रो बदलियो

रुचि बदलियो

अब तलखर्कको नारान

एनआरएन भो

स्यान्ड्विच, बर्गर,  हटडगको फ्यान भो

हातमा बियर क्यान भो

नेपाल आउँछ्स् भन्दा

पाल्न नसक्ने मानियो

भनेको जागिर नमिल्ने ठानियो

नेताको पछि लाग्नुपर्छ भनियो

राजनीतिक अस्थिरता बाधक मानियो

कर्मचारी प्रशासन ध्वस्त ठानियो

पूर्वाधारको आधार नभएको मानियो

सेवा सुविधा कमी छ भनियो

र त

हुलका हुल उतै गए

उतै भए

उतै हराए

देश यस्तै यस्तै भो

उनीहरू उतैका हुने भए

यो पुस्ताले त देश चिन्ला

पछिल्लो पुस्ताले ‘आवर एन्सेस्टर्स ओएर फ्रम नेपाल’ त भन्ने होला ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?