+
+

आरोहण गुरुकुलमा नाट्य प्रशिक्षण लिएका १४ विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १८:१०

काठमाडौं । आरोहण गुरुकुलमा नाट्य प्रशिक्षण लिएका १४ जना विद्यार्थी दिक्षित भएका छन् । आरोहण गुरुकुलमा एक वर्ष आवासीय रंगमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई सोमबार थापागाउँस्थित कुञ्ज नाटकघरमा आयोजित समारोहमा उनीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

नेपाली रंगमञ्चलाई व्यावसायिक बनाउने र गुरुकुल परम्पराअनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले गत वर्षको पुसदेखि कक्षा सञ्चालन गरेको थियो ।

अभिनय, संगीत, दृश्य कलासँगै रंगमञ्चका आधारभूत तत्व, निर्देशन, रंगमञ्च र राजनीति, कचहरी नाटकलगायतमा विद्यार्थीहरुले एक वर्ष अध्ययन गरेका थिए । उक्त समयावधिमा विभिन्न ६ वटा नाटकमा समेत अभिनय गरेका थिए ।

दीक्षान्त समारोहमा आरोहणकी अध्यक्ष चन्द्रमाला शर्मा, आरोहणका मूलगुरु सुनील पोखरेललगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । चार दशक बढी समयदेखि आरोहण गुरुकुलले नेपालमा रंगमञ्चीय गतिविधि गर्दै आएको छ । दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौं नाटक मञ्चन गरेको आरोहण गुरुकुलले काठमाडौं र विराटनगर शाखामार्फत आवासीय कक्षा सञ्चालन गरेर करिब ५० जना रंगकर्मी उत्पादन गरिसकेको छ । जो अहिले नेपालका विभिन्न स्थानमा नाट्य संस्था खोलेर र स्वतन्त्र रुपमा रंगकर्म गरिरहेका छन् । कतिपय नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् ।

पहिलो पटक सन् २००४ देखि गुरुकुल कार्यक्रममार्फत दुईवर्षे आवासीय नाट्य कक्षा सञ्चालन गरेको आरोहणले सन् २००६ देखि सन् २००८ मा फेरि काठमाडौंमा र सन् २००९ देखि विराटनगरमा पनि कक्षा सञ्चालन गरेको थियो । काठमाडौंस्थित नाटकघर बन्द भएपनि विराटनगरस्थित शाखामार्फत नाटक मञ्चन तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय महोत्सव आयोजनालाई निरन्तरता दिएको थियो ।

काठमाडौं महानगरपालिकाको सहयोग पाएपछि गत वर्ष पुसदेखि कुञ्ज नाटकघर भाडामा लिएर नाट्य प्रशिक्षणसँगै नाट्य गतिविधिलाई निरन्तरता दिइरहेको छ । काठमाडौं महानगरसँगको सहकार्यको सम्झौता गत असारमै सकिएपछि अहिले आरोहणले आन्तरिक स्रोतबाट गतिविधि गरिरहेको छ । संस्थाको विराटनगरस्थित शाखामा दुईवटा नाटकघरमा गतिविधि भइरहेको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?