+
+
Shares

विराटनगरमा ‘सत्य हरिश्चन्द्र’को मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १४:४१

काठमाडौं । सत्य हरिश्चन्द्रको कथामा आधारित नाटकको विराटनगरमा मञ्चन सुरु भएको छ । भारतेन्दु हरिश्चन्द्रले लेखेको उक्त नाटकमा आधारित भएर भारतमा पहिलो फिचर फिल्म बनेको थियो भने नेपाली भाषाको पहिलो फिल्म पनि ‘सत्य हरिश्चन्द्र’ नै हो ।

विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा ‘सत्य हरिश्चन्द्र’को प्रदर्शन सुरु भएको हो । करिब एक सय पचास वर्षअघि आधुनिक हिन्दी साहित्यका पिता भनेर चिनिने भारतेन्दु हरिश्चन्द्रले लेखेका उक्त नाटक करिब ५० वर्षअघि नै नेपालीमा अनुवाद गरिएको थियो ।

शिक्षण पेशा र साहित्यमा आबद्ध रंगेलीका केदार सत्यालले २०३३ सालमा नेपालीमा अनुवाद गरेको उक्त नाटकले मञ्चमा स्थान पाएको छ ।

आधुनिक नाटकहरुमा भन्दा फरक यस शास्त्रीय नाटकले नैतिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास सहित नाटक मञ्चन गरिएको निर्देशक दीपेश भण्डारीले बताए । ‘करिब ५० वर्षअघि अनुवाद भएर थन्किएको अवस्थामा फेला परेको यो नाटक मञ्चमा प्रस्तुत गर्ने जमर्को गरेका हौं,’ निर्देशक भण्डारीले भने, ‘मानिसको नैतिक जीवनमा कतै न कतै सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ ।’

एक घण्टा ४५ मिनेट मञ्चन अवधिको यो नाटकमा राजा हरिश्चन्द्रसँगै रानी शैव्या, भगवान ईन्द्र, नारदमुनी, विश्वामित्र लगायत पात्रहरु देखिन्छन् । नाटकमा प्रदीप दाहाल, दीक्षा मिश्र, सविन भट्टराई, रविन चिमरिया, आयुषप्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज शाह, मेलिना कार्की, एलिजा ठाकुर, दिवश ढकाल, रागन मानन्धर, दिक्षा चौधरी, मनिषकुमार ठाकुर लगायतको अभिनय छ ।

भरत कार्कीको प्रकाश परिकल्पना, सविन भट्टराईको मञ्च परिकल्पना तथा सहनिर्देशनमा तयार यस नाटक चैतको ३० गतेसम्म साँझ सवा ५ बजेबाट मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?