+
+
Shares

दिब्यदेव र सुहानाको ‘बाः एक योद्वा’ ९ असोजदेखि प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र ‘बा : एक योद्वा’ अब ९ असोजदेखि प्रदर्शनमा आउने भएको छ ।
  • कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन पारेर निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।
  • निर्माता वसन्त लम्सालले वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर असोज ९ गते प्रदर्शन गर्ने निष्कर्षमा पुगेको बताए ।

काठमाडौं । चलचित्र ‘बा : एक योद्वा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म ९ असोजदेखि प्रदर्शनमा आउने जनाइएको छ ।

कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।

‘हामी वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बा : एक योद्वा’लाई असोज ९ गते प्रदर्शनमा आउने निष्कर्षमा पुगेका छौँ’, निर्माता वसन्त लम्सालले भने, ‘यो मितिमा हामीलाई दर्शकसँगै सबै पक्षको साथ मिल्नेमा हामी विश्वस्त छौँ ।’

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीको कथामा यो फिल्म निर्माण भएको छ ।

फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्साल निर्देशित फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?