+
+

गुरुकुलमा नाटक ‘काल’को मञ्चन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १६:५४

काठमाडौं । नाटक ‘काल’को मञ्चन सुरु भएको छ । काल अर्थात् मृत्यु र समय चक्र । नाटकले दुवै पक्षलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीं न कहीं आफूलाई पाउँछौं ।

नाटकले विश्व परिवेशमा देखिएको आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरुको मनोवैज्ञानिक उपचारको वकालत गर्छ ।

शंकर खरेलको काल कथाबाट प्रभावित भएर नाटक लेखिएको लेखक तथा निर्देशक रामभजन कामतले बताए । ‘एउटै व्यक्ति लेखक र निर्देशकको रुपमा काम गर्दा गाह्रो हुँदो रहेछ,’ उनले भने, ‘निर्देशकले कलात्मक कथा खोज्छ तर लेखक आफ्नो लेखकीय अडान छोड्न चाहँदैन । यो अवस्था धेरैले भोग्नुभएको होला । नाटक तयार गर्ने क्रममा कैयौँपटक तथ्यगत सामग्री खोज अनुसन्धान गर्दा कैयौंपटक गुगलले तिमीलाई मानसिक डाक्टरको आवश्यकता छ भनेर सुझाव दिएको पनि उनले सम्झें ।’

राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकको रुपमा सुवास तिमल्सिना छन् । नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, नीता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय छ ।

नाटकमा ध्वनि तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको छ भने भेषभूषा नीता राई र सलिना क्षेत्रीको छ । त्यस्तै मञ्च निर्माण हुम बीसी, पोस्टर स्केच सजन थापा मगर, मञ्च व्यवस्थापन सुवास तिमल्सिना र पोस्टर-ब्रोसर सुदर्शन पुलामीको छ । नाटक थापागाउँको आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा मंसिर १४ गते देखि ३० गतेसम्म मञ्चन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?