+
+
Shares
कविता :

चेस गेम रहेछ जिन्दगी

दीपक दाहाल दीपक दाहाल
२०७९ फागुन ३ गते १२:२५

एउटा कुरा भनौं ?

चेसमा सबैभन्दा सानो पावर मानिने पिउस

मन्त्रीभन्दा शक्तिशाली छ

केवल अर्जुन दृष्टिले हेर त

एउटा पिउसले पिउस अनि मन्त्री दुवैको काम गर्न सक्छ

तर मन्त्री त पिउस बन्न सक्दैन नि

हैन र ?

 

तर अपसोच

पिउसलाई मन्त्री बन्न

दिने र नदिने यो समाजमा धेरैछन्

त्यस्ता घोडा, ऊँट र हात्तीहरु

तर पनि मलाई त

ऊँट र हात्तीभन्दा घोडाबाट

धेरै डर लाग्छ

अरे उट र हात्ती त

केवल दुनाको सोझो गर्छन्

सिधा सिधा हिंड्छन्

 

तर खै मलाई चाहिं घोडाको

पछाडि पनि आँखा हुन्छ जस्तो लाग्छ

अनि अलि सजक बनिदिन्छु

समाजका धेरै घोडाहरु

जसले देखाउछन् एउटा र गर्छन् अर्को

कुन बेला राजालाई चेक लगाएर

मन्त्री नै टप्काउँछ

भन्नै सकिन्न

कुनै घोडाहरु सोच्छन् होला कि

राजा मौन बस्छ

अनि गति पनि ढिला छ

तर राजा नहुँदा गेमको अस्तित्व के हुन्छ ?

अहिलै महसुस गर त्यस्ता घोडाहरु

 

आजको समाजमा धेरै पिउसहरु हेपिएका छन्

तर त्यही समाजमा

घोडा, ऊँट, हात्ती मिले भने

पिउस पनि मन्त्री बन्न र बनाउन सकिन्छ

वा ! वा ! वा !

गेममा आठ पिउसको आठ मन्त्री

पहिलाको मन्त्री गरी

नौ मन्त्रीको समायोजनले त

जस्तोसुकै चेस मास्टरलाई पनि हराउन सकिन्छ

 

सोचौं हामी के पिउसलाई बचाउँदा त

चेस मास्टरलाई हराउन सकिन्छ भने

बचाऔं हामी सबै मिलेर

हरेक आमाका पिउसहरु

जुन मिनेटमा २५९

घण्टामा १५५४०

दिनमा ३७२९६०

चेस गेम खेल्न तयार छन् ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?