+
+

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:२९

८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो जानकारी गराएका हुन् ।

आर्थिक पत्रकार समाज सेजनले सोमबार राजधानीमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक कार्यक्रममा उनले यस्तो जानकारी गराए ।

एउटै व्यक्तिले धेरै लघुबित्तबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिका मार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए । लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गर्ने हो भने धेरै समस्या समाधान हुने उनको भनाइ थियो । उनले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको भन्दै यसको समाधान गर्नु पर्ने बताए ।

स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु पर्ने भन्दै उनले मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बल्जिएको हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?