+
+

ओली र किसान श्रेष्ठबीच भेट, राष्ट्रपति चुनावबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १८:२०

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग भेट गरेका छन् ।

मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको थियो ।

सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?