+
+

नक्‍कली किसान खडा गर्नेमाथि कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १६:०७

१० फागुन, काठमाडौं। नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बीउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्‍यायो ? भनी सरकारलाई प्रश्न समेत गरे ।

उनले भने, ‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महंगा छन्। केही मात्राा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ । यदाकदा कसैले पायो भने त्यसभित्रको यर्थाथता अर्कै छ । खेती गर्ने बेलामा बिउ छैन । चाहिएको बेलामा मल छैन । सिँचाई गर्न पानी छैन । उत्पादन बेच्न बजार पाउन सकिदैन । किसानहरु ऋणमा चुलुम्ब डुबेका छन्। विचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन । यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचनाहरु साँँच्चैनै निकम्मा भएका छन ? गम्भीर प्रश्न उठेको छ ।

उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए ।

उनले भने, ‘किसानलाई संरक्षण नगर्ने हो भने कृषि पेशा बचाउन सक्ने अवस्था छैन । वास्वतमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ । अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारवाही गर्नु पर्दछ । मल, बीउ र सिँचाईमा उपलब्ध गराउन हामीलाई के ले छेकेको छ ? मैले बुझेको छैन।’

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महंगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दवाव दिए ।

‘नेपालको वर्तमान अवस्थामा यो कुरा भयो भने यसले नेपालको वर्तमान अवस्थामा केही पनि गर्न सकिने अवस्था छैन ।अभियानकै कारण यो काम गर्न सकिन्छ भन्ने नै हो । नेपालकोवतृमान अवथा कसरी जान सकिन्छ भन्ने नै हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?