+
+
रोजगारी :

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा करियर बनाउने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १४:२५

१२ फागुन, काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा करियर बनाउन खोज्नेका लागि अवसर आएको छ । कम्पनीले शुक्रबार एक साथ दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो ।

कम्पनीले खुला तथा समावेशी तर्फ आवेदन माग गरेको छ । जसमा उपप्रबन्धक देखि सहायक मेकानिक्ससम्म जागिरको अवसर खुला भएको छ ।

कम्पनीले प्राविधिक बोटानी, कृषि, प्रशासन, खेला, फार्मेसीसहितका क्षेत्रमा आवेदन खुलाएको हो । कम्पनीका अधिकृत, योजना अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक, ओभरसियर, ब्वाइलर अपरेटरसम्म जागिर खुलेको छ ।

उपप्रबन्धक बोटानी र कृषिमा वनस्पति शास्त्र र कृषिमा स्नातकोत्तर गरेको योग्यता हुनु पर्ने गरी शर्त तोकिएको छ । अधिकृत सरहको पदमा भने स्नातकसम्मको योग्यता मान्य हुनेछ । आवेदन दिने मिति आजबा २१ दिन तोकिएको छ । दोब्बर दस्तुत तिरेर थप ७ दिनको समय पाइने छ ।

सातौं तहका लागि आवेदन दस्तुर १५ सय रुपैयाँ तोकिएको छ । अधिकृत स्तरको तहका लागि १२ सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । पाँचौं तहका लागि ७ सय र चौथो तहका लागि ५ सय रुपैया दस्तुर तोकिएको छ ।

सहायक पदमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ । अधिकृतको हकमा २१ वर्ष पुरा भई भएको हुनुपर्छ । महिलाको हकमा ४० वर्ष तोकिएको छ ।

कम्पनीले कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतियोगिताबाट बढुवा गर्ने प्रयोजनका लागि समेत बिहीबार नै आवेदन खुला गरेको छ । जसमा प्रबन्धकदेखि वरिष्ठ सहायक पदसम्मका लागि आवेदन मागिएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?