+
+

७ महिनामा सरकारले बाँड्यो साढे ५ करोड सहायता, पूर्वराष्ट्रपति यादवलाई २५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:२०
पूर्वराष्ट्रपति रामवरण यादव/फाइल तस्वीर

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति रामवरण यादवलाई २५ लाख औषधि उपचार खर्च प्रदान गरिएको छ ।

सरकारले ३ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो । यस सहायता भित्र प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले दिएको १०/१० लाख रुपयाँ क्षतिपूर्ति समेत समावेश छ ।

सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले यसबीचमा भुटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाललाई समेत आर्थिक सहायता दिएको छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूहको अक्षयकोष वृद्धि गर्न समेत सरकारले सहायता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?