+
+

रेसुंगा विमानस्थलमा आजको निर्धारित नेवानिको उडान शुक्रबारलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १२:०३

१७ फागुन, काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारका लागि पूर्वनिर्धारित नेपाल एयरलाइन्सको उडान शुक्रबारका लागि सरेको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा यस उडानलाई सहजीकरण गरिरहेका योगराज कँडेलका अनुसार निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको हो । कर्मचारी र आवश्यक उपकरण समेत शुक्रबार मात्रै काठमाडौंबाट गुल्मी लैजाने भएकाले तयारी पुरा नभएको उनले जानकारी गराए ।

शुक्रबार उडान हुने तयारी भइसकेको र सो परीक्षण अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनिय र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुन पाउने उनले बताएका छन् । यो परीक्षणपश्चात गुल्मीमा नियमित उडान गर्ने गरी निगमले तयारी गरेको छ । सुरुमा हरेक सोमबार र त्यसपछि यात्रु बढ्दै गएमा उडान बढाउने निगमले जनाएको छ ।

काठमाडौं–गुल्मी एक घण्टाको उडान हुने छ । यहाँ १८ सिट क्षमताको ट्वीनअटर जहाज मात्र उड्छ । त्यो जहाज पनि लोड पेनाल्टीका कारण केही कम यात्रु राखेर उडाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?