 
																						काठमाडौं । अहिले हलमा चलिरहेको फिल्म ‘छक्कापञ्जा ४’मा एउटा चर्चित डायलग छ- श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ । (महिला पात्र भन्छिन्- अनि म के नि ?) सहकारी ।’ यति भनेपछि राजा पात्र त्यहाँबाट बाहिरिन्छ ।
यो संवाद अहिले टिकटक र फेसबुकको रिलमा भाइरल बनिरहेको छ । दर्शकले यो प्लटको क्लिप्स बनाएर सामाजिक सञ्जालमा व्यापक सेयर गरिरहेका छन् । ‘छक्कापञ्जा ४’को यो संवादलाई लिएर कलाकार सिते बा (मधुसुधन पाठक)ले आपत्ति जनाएका छन् । उनले फेसबुकमा उक्त क्लिप्स सेयर गर्दै डायलगप्रति आपत्ति व्यक्त गरेका छन् ।
फिल्मको प्रशंसा गर्दै सिते बाले उक्त संवादप्रति आपत्ति जनाएका हुन् । उनी लेख्छन्, ‘सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति छ । दीपक दाइ तपाईंका सबै डायलगप्रति रोमान्टिक हिसाबले सहमत छु । तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको अध्ययन बिना प्रयोग यो डाइलगको वाक्यांश सही छैन । जे होस् फिल्म दामी छ । समयसापेक्ष राजनीतिक परिवर्तनका लागि यो सबैले हेर्न आवश्यक छ, बधाई तथा शुभकामना ।’
सिते बा नामले चर्चित कलाकार मधुसुधन पाठक टीभी सिरियल ‘सक्किगो नि’का अभिनेता तथा ज्येष्ठ सहकारीका सञ्चालक समेत हुन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4