+
+

एक महिनामा भित्रियो १०४ अर्ब रेमिट्यान्स

७ महिनामा ६८९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १३:११

२८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो एक महिना (माघ) महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ)सम्म भने यस्तो रकम ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ जना पुगेका छन् । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २६५.९ प्रतिशतले बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?