+
+
Shares

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स, जेठमा २ खर्बमाथि

केन्द्रिय बैंकका अनुसार जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • यो रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले धेरै रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
  • समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ३ लाख ६७ हजार २ सय ११ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

२९ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।

यसअघि वैशाखमा कीर्तिमानी रकम रेमिट्यान्स भित्रिएको थियो । सोही महिना २ खर्ब ५७ अर्ब रेमिट्यान्स आएको थियो । राष्ट्र बैंकका अनुसार २०८२ जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रेमिट्यास भित्रिएको थियो ।

यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २९.६ प्रतिशत बढेर १४ अर्ब ५९ करोड बराबर भित्रिएको छ । अघिल्लो आव सोही अवधिमा डलरमा आप्रवाह १२.८ प्रतिशतमात्र बढेको थियो ।

जेठ मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो आव सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड थियो ।

केन्द्रिय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २ सय ११ (संस्थागत तथा व्यक्तिगत र पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ छ । यो संख्या अघिल्लो आव क्रमश: ४ लाख ५२ हजार ३ सय २४ र ३ लाख ८ हजार ६७ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?