News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारी ढुकुटीमा ४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
- गत आर्थिक वर्षको असार मसान्तको तुलनामा सरकारको नगद मौज्दात २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको तथ्यांकले देखाएको छ।
- अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ खर्ब ३७ अर्ब ७८ करोड रुपैयाँमात्र रहेको सरकारी मौज्दात अहिले करिब तीन गुणाले बढेको छ।
२९ असार, काठमाडौं । सरकारको ढुकुटीमा ४ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष ११ महिना (२०८३ जेठ मसान्त) सम्म सरकारको खातामा उक्त रकम जम्मा भएको हो ।
अघिल्लो आव अन्तिमको तुलनामा सरकारी खातामा रहेको यो मौज्दात करिब तीन गुणाले बढी हो ।
राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तसम्म केन्द्रीय बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा ४ खर्ब १८ अर्ब ५४ करोड नगद मौज्दात छ ।
२०८२ असार मसान्तमा यस्तो मौज्दात कुल १ खर्ब ३७ अर्ब ७८ करोडमात्र थियो । ११ महिना अवधिमै सरकारको नगद मौज्दातमा २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4