२९ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले सञ्चारमाध्यमका गेट अगाडि शंकास्पद गाडी पार्किङको विषयमा ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका छन् । सोमबार फेसबुकमा टिप्पणी लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘विनाशकाले विपरीत बुद्धि । सञ्चार प्रतिष्ठानको बाटो छेक्नेगरी रहस्यमय गाडी पाकिङ’, उनले लेखेका छन्, ‘सञ्चारमाध्यम र समाजलाई भयभित बनाउने बचकाना खेल ।’
सोमबार बिहान अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका गेट अगाडि शंकास्पद ढंगले गाडी पार्किङ गरिएको थियो । उक्त गाडीहरू प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4