+
+
Shares

मुग्लिन-नारायणगढ सडकमा तत्कालका लागि सवारी चलाउन प्रशासनले लगायो रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:५२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निरन्तरको वर्षाका कारण चितवनको मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइएको छ ।
  • तुइन खोलामा माथिबाट निरन्तर ढुंगा झरिरहेको र सेती दोभानमा लेदो खसेका कारण सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
  • ठूलो वर्षाका कारण पहिरो हटाउने कार्यमा समस्या भइरहेको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

२९ असार, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुग्लिन-नारायणगण सडक खण्डमा हालका लागि सवारीसाधन चलाउन रोक लगाइएको हो ।

वर्षा निरन्तर जारी रहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सो रुटमा चल्ने सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खाेलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध बनेको छ ।

साथै सेती दोभानमा माथिबाट लेदो खसेका कारण सवारी आगमन अवरुद्ध बनेको छ ।

सोमबार साँझ साढे सात बजे यता निरन्तर ठूलाे वर्षा भइरहेका कारण पहिरो हटाउन समस्या भइरहेकाे सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?