+
+
Shares

११ महिनामा ६.२ प्रतिशत कर्जा विस्तार, पोहोरभन्दा कम

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६.२ प्रतिशतले मात्र कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
  • जेठ मसान्तसम्म कुल कर्जा प्रवाह ५८ खर्ब ३८ अर्ब रुपैयाँ पुग्दा बैंकहरूको ब्याजदर र आधार दरमा उल्लेख्य कमी आएको छ ।
  • निक्षेप संकलन १०.३ प्रतिशतले बढेर ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेकाले तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थालाई चुनौती थपिएको छ ।

२९ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६.२ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३ खर्ब ४० अर्ब रुपैयाँ कर्जा विस्तार भएको हो ।

कर्जा विस्तारको दर पोहोरको तुलनामा सुस्ताएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कर्जा विस्तार ८ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाबाट जेठ मसान्तसम्म कुल ५८ खर्ब ३८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।

पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तार सुस्ताएको छ । ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर यो जेठमा ४.८८ प्रतिशतमा झरेको छ, जबकि गत वर्षको जेठमा यस्तो दर ६.०९ प्रतिशत थियो । सोही अवधिमा विकास बैंकको औसत आधार दर ८.२९ बाट ६.८६, फाइनान्सको ९.०२ बाट ७.१६ प्रतिशतमा झरेको छ ।

त्यस्तै कर्जाको भारित औसत ब्याजदर पनि उच्च दरले नै घटेको छ । कर्जामा भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ७.९९ बाट ६.६४, विकास बैंकहरुको ९.४० बाट ७.७१ तथा फाइनान्स कम्पनीहरुको १०.२२ बाट ८.९० प्रतिशतमा झरेको छ ।

 निक्षेपको दर बढ्यो 

यहीं ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम भने १०.३ प्रतिशतले बढेको छ । ११ महिनामा निक्षेप रकम ७ खर्ब ४८ अर्ब रुपैयाँ थप भएसँगै जेठ मसान्तसम्म कुल निक्षेप ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप रकम पोहोरको तुलनामा बढेको छ । गत आर्थिक वर्ष यहीं अवधिमा निक्षेप ८ प्रतिशतले नै बढेको थियो । कर्जाभन्दा निक्षेपको वृद्धि उच्च भइरहँदा तरलता व्यवस्थापनमा चुनौती थपिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?