+
+

सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को गीत ‘नाच सुवा नाच’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १६:२९

काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बुलाकी’को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मको सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा सीडी विजय अधिकारी र रचना रिमालको स्वर सुन्न सकिन्छ ।

लक्ष्मण सुनार निर्देशित फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास र सोनु सेढाईंको समेत अभिनय छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोती बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । अर्जुन जीसीले सम्पादन गरेको फिल्ममा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्टको पटकथा तथा संवाद छ ।

डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको फिल्म वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ । सोही मितिमा जारी, बिहेपास र नाइँ नभन्नु ल ६ पनि रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?